देउवाको बचाऊ गर्दै यी कांग्रेसी नेताले रामचन्द्रलाई बनबास पठाए मात्र कांग्रेस बन्छ भन्दै यसरी बैठकमै सरापे



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरुले सभापति शेरबहादुर देउवाको बचाउमा उत्रिँदै पौडेल पक्षलाई कटाक्ष गरेका छन्।

केन्द्रीय कार्यसमिति बैठकको तेस्रो दिनको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले निर्वाचनमा आफू पराजित हुने र दोष सभापतिलाई दिएको भन्दै पौडेल पक्षको आलोचना गरे। उनीहरुले आगामी महाधिवेशनको तयारीमा लागेको हो भन्ने प्रश्न गर्दै अहिलेदेखि नै महाधिवेशनमा नेता हुने अभ्यास नगर्नू भन्दै व्यंग्य समेत गरे।

देउवा पक्षका नेताहरुले चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीलाई सशक्त रुपमा अघि बढाउनेभन्दा धेरै हल्ला गरेर आगामी निर्वाचनको तयारीमा लागेको टिप्पणी गरे।

गत शुक्रबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा पौडेल पक्षीय नेताहरु पार्टी सभापति देउवा विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि संस्थापन पक्ष पनि सभापतिको बचाउ उत्रेको हो।  सोमबारको बैठकमा देउवा निकट मानिने केन्द्रीय सदस्यहरु रमेश लेखक, डा. डिला संग्रौला र लक्ष्मी परियारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ब्यहोरेको हारको जिम्मेवारी सबैको भएको टिप्पणी गरे।

‘कहीँ पे नजर, कहीँ पे निशाना भने झैं सभापतिलाई दोष लगाएर महाधिवेशनमा बलियो हुने प्रयास नगर्नुस्’, नेता लेखकले भने, ‘जनताले किन मत दिएनन् र पराजित हुनुपर्‍यो, त्यो विषयमा मन्थन गरी अघि बढौं।’

चुनावी हारलाई सभापतिको जिम्मामा राखेर भाग्न नमिल्ने भन्दै उनले थपे, ‘सामूहिक रुपले गरिएको निर्णयबाट उत्पन्न हुने परिणाम सामूहिक हुन्छ, त्यसमा सभापति मात्र दोषी हुन भनेर कसरी पन्छिन मिल्छ?’ लेखकले हारको जिम्मेवारी पार्टीको अग्रभागमा रहेका नेताहरुले लिनुपर्ने बताए।

निर्वाचनको समयमा टिकट लिँदाको क्षण सम्झेर मात्र सभापतिको आलोचना गर्न लेखकले आग्रह गरे।

‘कार्यसम्पादन समिति, संसदीय समिति मिलेर बनाउने र टिकट पनि मिलेर बाँड्ने अनि अहिले चुनावी हारको जिम्मेवारी सभापतिले मात्रै लिनुपर्छ भन्ने?’ नेता लखेकले प्रश्न गरे, ‘सबैको सामूहिक रणनीतिका कारण पराजित भएको स्वीकार गर्न किन अप्ठारो भइरहेको छ?’

नेतृत्वले सत्ता साझेदार माओवादी केन्द्रलाई आफूसँगै मिलाएर राख्न नसक्नु रणनीतिक हार भएको सबैले स्वीकार गर्नुपर्ने लेखकले बताए।

‘हल्ला फैलाइए जस्तो कांग्रेसको पराजय भएको छैन’, लेखकले बैठकमा भने, ‘हामीले माओवादीलाई आफूसँग राख्न सकेनौं, त्यही नै रणनीतिक हार हो।’

स्थानीय तहको निर्वाचनमा चितवनमा अपेक्षा गरे अनुरुप कांग्रेसले भोट नदिएका कारण झस्किएको माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरेको उनको भनाइ थियो।

अर्का केन्द्रीय सदस्य डा संग्रौलाले कांग्रेसको हारको दोष सभापति देउवा एक्लैको नभएर पदीय जिम्मेवारी अनुसार सबैको भएको बताइन्। कांग्रेसको पराजयलाई चुनौती र अवसर दुवैको रुपमा लिँदै सामूहिक भावनाले अबको दिनमा अगाडि बढ्नुको उनको तर्क थियो।

बैठकको पहिलो दिन शुक्रबार पार्टीका पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले निर्वाचनमा पराजयको प्रमुख कारण सभापति देउवाको कार्यशैली भएको आरोप लगाएका थिए। नेता डा नारायण खड्काले यसको बचाउ गरेका थिए।

शनिबार भने केन्द्रीय सदस्यहरु नरहरि आचार्य, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे, कल्याण गुरुङ, वीरबहादुर बलायर र हरिप्रसाद नेपालले आ-आफ्नो धारणा राखेका थिए। गुरुङ, घिमिरे  र आचार्यले नेतृत्वलाई दोष दिएका थिए।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...