लालबाबु पण्डितलाई चुनौती,सचिब सहितका बहालवाला यी १६ कर्मचारी संग अझै छ डिभी,पिआर(नाम सहित)



हाम्रो इकोनोमि

डिभि पिआर विरुद्ध निजामति सेवा ऐन चौथो संशोधन गराएर मन्त्री लालबाबु पण्डितले चर्चा कमाए । डिभिपिआर लिएकालाई निजामति सेवामा रहन नदिने उनको निर्णयले कम्तिमा ६८ जनाको जागीर गएको थियो ।

तर उक्त ऐनले गरेको व्यवस्थालाई अस्वीकार गर्दै सचिव, सहसचिव देखि अफिसरसम्मका कर्मचारी अझै डिभिपिआर बोकेर निजामति सेवामा रहेको खुलासा भएको छ । हामीलाई प्राप्त विवरण अनुसार उनीहरुमध्ये अधिकाशंले अमेरिकाको अस्थायी आवासीय अनुमति पत्र (डिभी) लिएका छन् । यस्तै केहीले क्यानडा, अष्ट्रेलियाको पिआर लिएर बसेको समेत भेटिएको छ ।

उनीहरुको परिवारका अन्य सदस्यहरु सम्वन्धित देशमा बस्दै आएको र ती कर्मचारीले हरेक बर्ष ति देश पुगेर आफ्नो अस्थायी आवासीय अनुमति पत्र नविकरण गर्ने भेटिएको छ । स्रोतका अनुसार नेपाल सरकारका सचिव गोपीनाथ मैनालीले अमेरिकाको डिभी प्राप्त गरेका छन् । उनका दुइ छोरा अमेरिका बस्दै आएका छन् । उनले निजामति सेवा ऐन चौथो संशोधन विपरित डिभि लिएर निजामति सेवामा छन् ।

यस्तै कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीको पनि अमेरिकामा पिआर छ । उनकै पहलमा तीन महिनाअघि अमेरिकी दुतावासले कानुन समूहका करिब ३ सय अधिकृतलाई तालिम दिएको थियो । त्यसका लागि ज्ञवालीको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । यस्तै इञ्जिनियर दिनेश थानीसँग क्यानडाको पिआर रहेको स्रोतको दावी छ । र शाखा अधिकृत रहेकी थानीकी श्रीमती सुनिता पौडेलसँग पनि क्यानडाको पिआर रहेको छ ।

यस्तै निम्न लिखित कर्मचारीहरुसँग अमेरिकाको डिभी र पिआर रहेको पाइएको छ । के मन्त्री लालबाबु पण्डितले उनीहरुको डिभी पिआर खोस्लान् त ?

डिभि पिआर होल्डरको नामावली

१.गोपीनाथ मैनाली – सचिव, कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय
२.नारायण मैनाली – उपसचिव
३.रामसाद आचार्य – उपसचिव
४. लवन्य ढकाल – सहसचिव
५. कृष्ण ज्ञवाली – सहसचिव
६. गोपाल भट्टराई – न्यायाधिश
७. श्रीकृष्ण भट्टराई – न्यायाधीस
८. कुमार तिम्सीना – उपसचिव
९. प्रदीप निरौला – उपसचिव
१०. लक्ष्मी शाही – अफिसर
११. शत्रुघन पोखरेल – उपसचिव
१२. सुसन डुवाडी – अफिसर
१३ः किरण शर्मा – सहसचिव
१४. दिनेश थानी – इञ्जिनियर
१५. सुनिता पौडेल – अफिसर
१६. धनराज ज्ञवाली – सहसचिव कानुन

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...