उपेन्द्रले भाउ खोजेपछी उनलाई देखाईदिन ओली महन्थ ठाकुर संग नजिकिदै,सरकारमा फोरम आउट राजपा इन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।

यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, फोरम अध्यक्ष यादवले संविधान संशोनधमा लिखित प्रतिबद्धता खोजेपछि सरकारमा फोरमको सहभागितामा ढिलाई भएको थियो ।

सुरुवातमै सत्तारुढ दल एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा ल्याउने अन्तिम तयारी भैसकेकोले आज वा भोलि नै आउने हल्ला मच्चाएका थिए । जुन कुरा उपेन्द्र स्वयमले अस्विकार गरेका थिए ।

मुख्य कुरा उपेन्द्रले संविधान संशोधनमा लिखित सम्झौता गर्न आग्रह गर्दा ओलीले मानेनन् । बरु यादवको प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग नजिक देखिएका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्रबीच राम्रो सम्बन्ध छ । प्रचण्डले यादवलाई सरकारमा सहभागी गराउन अथक प्रयास गरे । तर, ओलीले कुनै ग्रिन सिग्नल नदिएपछि उनी पनि थाकेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...