राजनीति

नेपाल र भारतबीच रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गबारे सम्झौता

  नेपाल र भारतबीच रक्सौल-काठमाडौं विद्युतीय रेलमार्गको इञ्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रवार भएको भेटवार्तापछि सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।