सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने



हाम्रो इकोनोमि

 

 

फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ। बैठक दिउँसो २ बजे बस्दै छ।

बैठकलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले सम्बोधन गर्दैछन् । यस्तै, प्रमुख प्रतिपक्षी दलको तर्फबाट कांग्रेसका भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने सम्भावना छ ।

कांग्रेसले अहिलेसम्म दलको नेता चयन गरेको छैन । कांग्रेसमा दलको नेतामा अर्जुननरसिंह केसी र आङ्देम्बेले दाबी गर्दै आइरहेका छन् ।

केसी ज्येष्ठ सदस्यको रूपमा सदन चलाउनुपर्ने भएकाले आङ्देम्बेले बोल्ने नेताहरू बताउँछन् । एमालेबाट रामबहादुर थापा बादल, श्रम संस्कृतिबाट हर्क साम्पाङ र राप्रपाबाट ज्ञानेन्द्र शाही बोल्ने तय भएको जनाइएको छ । नेकपाबाट संयोजक प्रचण्डले बोल्न वर्षमान पुनलाई अघि सार्ने तयारी गरेका छन् ।

बैठकमा म्याग्दीबाट स्वतन्त्र निर्वाचित भएको सांसद महावीर पुनले पनि बोल्न पाउनेछन् । प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकमा जाने तर सम्बाेधन गर्ने कार्यक्रम नरहेकाे सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...