मन्त्री मातृका यादवका स्वकीय सचिवलाई मन्त्रालयमै निर्घात कुटे, यस्तो छ कारण



 

मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन ।

 

लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेको अाजको नेपाल समाचारपत्र दैनिकले समाचार प्रकाशित गरेको छ ।

 

यसअघि अाफैँ कर्मचारीलार्इ ट्वाइलेटमा थुन्नेदेखि कुट्नेसम्ममा अब्बल भएका मन्त्री यादवका पिएले नै कुटाएको भन्दै मन्त्रालयभित्र खिसिटिउरी समेत सुरू भएको छ ।

 

 

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । तर उनीहरूउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न गएका थिए ।

 

लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए ।

 

स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले नेपाल समाचारपत्रलाई बताए ।

 

ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए ।

 

 

विष्टमाथि पार्टीकै कार्यकर्ताहरुले हातपात गरेपछि सचिवालयमा रहेका कर्मचारीले महानगरीय सुरक्षा प्रहरी गणमा खबर गरेका थिए । साँझ ६ बजे घटना भएलगत्तै पुगेको प्रहरीले पाँच जनालाई नै पक्राउ गरेको थियो ।

 

प्रहरीका अनुसार विष्टको नाकमाथिको भागमा चोट लागेको छ । विष्टलाई उपचार गर्न मेडिकल लगिएको थियो । महानगरीय सुरक्षा प्रहरी गणले पक्राउ गरेर आइतवार नै पाँच जना नेकपाका कार्यकर्तालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारमा पठाएको थियो ।

 

 

पक्राउ पर्नेहरुमा रुकुम सानिभेरी गाउँपालिका–३ का युवराज बिक,मुगु सत्याड गाउँपालिका–८ का पदमराज परियार, कालिकोटको रामकोट नगरपालिका–१ का रत्न परियार, जुम्ला चन्दननाथ नगरपालिका–८ का ज्ञानबहादुर रोकाय र जाजरकोट भेरी नगरपालिका–१ दलबहादुर पुन रहेका छन् । प्रहरी वृत्त सिंहदवारले सोधपुछ गरेर उनीहरुलाई रिहा गरेको बताएको छ ।

 

 

द्धन्द्ध पीडित नेकपाका कार्यकर्ताहरुले कार्यालय सहयोगीसम्मको भएपनि जागिर पाउनु पर्ने, खाद्यन्न सामाग्री उपलब्ध गराउनु पर्ने माग राख्दै मन्त्री यादवलाई भेट्न खोजेका थिए । लामो समय कुर्दा समेत मन्त्रीलाई भेट्न नपाएको भन्दै नेकपाका कार्यकर्ता स्वकीय सचिव विष्टमाथि खनिएका थिए ।

 

 

प्रहरीका अनुसार विष्टमाथि हातपात गर्ने नेकपाका कार्यकर्ताहरु शसस्त्र द्धन्द्धमा अगंभंग भएकाहरु रहेका थिए । मन्त्री यादवका सचिवालयले केही समय अघि ८ बोरा चामल उपलब्ध गराएको दावी गरेको छ ।

 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले केही साथीहरुले उदण्ड व्यवहार देखाएको बताउनुभयो । ‘स्वकीय सचिव विष्टको दोष छैन, भेट्न आउने साथीहरुको व्यवहार ठिक भएन’ उहाँले भन्नुभयो ।

 

 

स्वकीय सचिव विष्टसँग नेकपाका कार्यकर्ता मात्र होइन मन्त्रालयका कर्मचारीहरु समेत रुष्ट रहेको बताइएको छ । मन्त्रालयका एक कर्मचारीले विष्टको रुखो शैली ठिक नभएको बताए । ती कर्मचारीले भने,‘सबैको प्रतिष्ठा हुन्छ, मन्त्रीका सहयोगी विष्टले माथिदेखि तलसम्मका कर्मचारीलाई हप्काउने दप्काउने गर्छन, यो पारा ठिक भएन ।’

 

 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, उद्योग विभाग, तथा कम्पनी रजिस्टारको कार्यालयमा विष्टले आफै गएर कर्मचारीलाई कार्लालय समयमा काम नगरेको, समयमा कार्यालयमा नआएको भन्दै सोधपुछ गर्ने गरेको आरोप कर्मचारीले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्