संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्यायका लागि भन्दै हात जोडेर माफी मागेका हुन् ।

‘गल्ती भयो कि भएन भनेर अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे । के खगेन्द्र सुनारमाथि सदियौँदेखि अन्याय हुँदा हामीले माफी माग्यौँ ? उनले भने, यो देशको दलित समुदायलाई मैले आज केही भन्नु छ ।

सरकारका तर्फबाट उनले दलित समुदायसँग पनि माफी मागे । ‘यो सरकार शताब्दियौँदेखि विभेदको, अन्यायको, अत्याचारको, सार्वजनिक र सामुहिक माफी माग्दैछ त्यो पनि यो सदनबाट, उनले भने ।

उनले आजसम्म दलित समुदायले भोगेको विभेद अन्याय नभई संगठित अपराध रहेको उनले बताए । अब कुनै पनि नेपाली जातका आधारमा अपमानित महशुस गर्नेछैन, उनले भने ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...