धमाधम उम्मेदवार टुंग्याउँदै एमाले, गठबन्धनभित्र तनाव
स्थानीय तह निर्वाचनका लागि कर्णालीमा नेकपा एमालेले धमाधम उम्मेदवार घोषणा गरिरहँदा सत्तागठबन्धनमा भने तनावको स्थिति देखा परेको छ । एमालेले सुर्खेतका २१ वडामा सर्वसम्मत वडाअध्यक्ष चयन गरिसकेको छ भने दैलेखका ३७ वडामा वडाअध्यक्षका उम्मेदवारसमेत चयन गरिसकेको छ ।