बाँकेमा माधव नेपालको पार्टी नेकपा एस पत्तासाफ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ। उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनुभयो ।बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (समाजवादी)पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभएको छ । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ ।

अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो ,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’उहाँले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गर्नुभयो। नेपालगन्जमा सम्बोधनपछि अध्यक्ष ओली बर्दिया जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...