बाँकेमा माधव नेपालको पार्टी नेकपा एस पत्तासाफ



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गर्नुभएको छ। उहाँले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताउनुभयो ।बिहीबार बिहान नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले नेकपा (समाजवादी)पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभएको छ । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ ।

अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उहाँले भन्नुभयो ,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’उहाँले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गर्नुभयो। नेपालगन्जमा सम्बोधनपछि अध्यक्ष ओली बर्दिया जानुभएको छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...