ललितपुर महानगरको मेयरमा एमालेबाट व्यञ्जनकार सर्वसम्मत उम्मेदवार



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेबाट ललितपुर महानगरको मेयरमा हरिकृष्ण व्यञ्जनकार सर्वसम्मत उम्मेदवार चयन हुनुभएको छ। शनिबार बसेका नेकपा एमालेको पार्टी महानगर कमिटी बैठकले आफूलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको व्यञ्जनकारले बताउनुभयो।

उहाँका अनुसार नेकपा एमालेबाट महानगरपालिकाको उपमेयरमा भने २ जनाले दावी परेको छ। व्यञ्जनकारका अनुसार पार्टी महानगर कमिटिको अध्यक्ष आस्था शाक्य “मञ्जली” र पार्टी प्रदेश कमिटी सदस्य सरस्वती खड्काले उपमेयरको लागि दावी प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो दावीलाई महानगर कमिटी हुँदै केन्द्रीय कमिटिमा सिफारिस गरिनेछ । त्यसपछि मात्रै उपमेयरको उम्मेदवारी तय हुनेछ।’

व्यन्जनकार एमालेको केन्द्रीय कमिटी सदस्य तथा ललितपुर जिल्ला सह इन्चार्ज समेत हुनुहुन्छ । गत २०७४ को निर्वाचनमा समेत महानगरको मेयरको उम्मेदवार रहेका व्यञ्जनकार काङ्ग्रेसका चिरीबाबु महर्जनसँग ३ अंकको झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...