ऋषि धमलालाई बयानका लागि प्रेस काउन्सिलले बोलायो



हाम्रो इकोनोमि

 

 

पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ । धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सीलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।
जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सीलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ । अब उनको मौखिक बयानपछि काउन्सीलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।

धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...