सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो