भारतको काश्मिरको गुरेज क्षेत्रमा घुसपैठको आशंकामा भएको सैनिक कारबाहीका क्रममा एकजना सैनिक अधिकृत सहित चारजना भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा सेनाका मेजर केपी राणे, हवल्दार जामी सिंह र विक्रमजित तथा राइफलम्यान मन्दीप रहेका सैनिक अधिकारीहरुले बताएका छन्।
प्रदेश ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग गर्दै डोटीका बासिन्दाले धनगढीमा आएर प्रदर्शन गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरदेखि पश्चिम जामुकी एक किशोरीको सर्पले डस्दा मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१० जामुकी १४ वर्षीय