ओली-प्रचण्ड नेतृत्वको ने.क.पा.विरुद्ध उजुरी, दल दर्ता खारेज गर्न माग



हाम्रो इकोनोमि

 

केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.)को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो ।

 

तत्कालीन एमाले र तत्कालीन माओवादीबीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले कट्टेलले सत्तासिन दलले दल दर्ता सम्वन्धमा असंवैधानिक, गैह्रकानुनी र दुर्नियतपूर्ण काम गरेको बताउँदै आएका छन् । सत्तासिन दलको कामलाई प्रोत्साहन हुने गरी सञ्चार माध्यमले पनि समाचार सम्प्रेषण गरिरहेको गुनासो कट्टेलको गुनासो छ ।

 

अध्यक्षद्वय ओली र प्रचण्ड तथा धुम्बाराही र पेरिसडाँडास्थित नेकपाको कार्यालयविरुद्ध निर्वाचन आयोगमा उजुरी सरहको निवेदन पेश गरेको कट्टेलले जानकारी दिए ।

 

कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा २०७० साउन २२ गते दर्ता भएको छ । तर, ओली, प्रचण्ड नेतृत्वको ने.क.पा. पनि निर्वाचन आयोगमा २०७५ जेठ २३ गते दर्ता भएको छ ।

 

‘बोलिचालिको भाषामा कोष्ट भित्रको ‘ने’ थोप्लो ‘क’ थोप्लो ‘पा’ थोप्लो भनी उच्चारण नगरुन्जेलसम्म दुवै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नेकपा एउटै पार्टी बुझिन्छ आम जनमानसको बुझाई पनि त्यही छ । संचार जगत पनि त्यस्तै भाषाको भ्रममा छ,’ कट्टेलले निवेदनमा लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी भनेर विपक्षीहरुले खोलेको नेपाल कम्पुनिष्ट पार्टी (ने.क.पा.) अर्थात नेपाल कम्युनिष्ट पार्टी नेकपा भनेर बुझिने भएबाट म निवेदक संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा को वैधानिकता माथि नै हमला भएको छ ।’

 

उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा को संवैधानिक एवं कानुनी हकको हनन भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) दर्ता बदर गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...