नेकपाको बन्द प्रभाव : कहाँ-कहाँ भेटियो बम ?, अहिलेसम्म के के घटना भो



हाम्रो इकोनोमि

 

विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका कार्यकर्ताले देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेर जनजिवन प्रभावित पार्न खोजेका छन् ।

 

काठमाडौंको गोकर्णेश्वर

बन्द सफल पार्न बन्दकर्ताले काठमाडौंको गोकर्णेश्वर नगरपालिका -२ नयाँपाटीमा मंगलबार बिहान ६: ३० बजे प्रेसर कुकरमा तार बाँधेर खतरा लेखिएको वस्तु भेटिएकाे थियाे । स्थानीयकाे खबर पछि तत्काल उक्त स्थानमा सुरक्षाकर्मी पुगेका थिए । शंकास्पद वस्तु बम भएको पाइएपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको हाे ।

 

भक्तपुरको सूर्यविनायक र लोकन्थली

त्यस्तै सूर्यविनायक र लोकन्थलीमा बिहानै प्रेसर कुकर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम निष्क्रिय पारेको छ । सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

 

महोत्तरीको बर्दिवास

त्यस्तै, पुर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास -१ स्थित रातो ठहरा पुलको छेउमा प्रेसर कुकर बम फेला परेको छ । विहान ८ बजे राजमार्गमा बम भेटिएपछि पुगेको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको थियाे । बम डिस्पोज गरेपछि राजमार्ग सुचारु भएको छ ।

 

बाजुराको बडीमालीका

त्यस्तै, बाजुराको बडीमालीका नगरपालिका कार्यालयको मुल गेटमा बाल्टिन बम फेला परेको छ । मंगलबार विहान ६ बजे कार्यालयको गेटमा बम भेटिएपछि प्रहरीले नगरपालिका वरपरको स्थानमा सुरक्षा व्यवस्था कडा पारेको छ । बम कसले राखेको हो भनी एकिन हुन नसकेको प्रहरीले बताएको छ । बम डिस्पोज नहुँदा सम्म नगरपालिका र वरपरको क्षेत्रमा आवतजावत बन्द गरिएको छ ।

 

रौतहटको चन्द्रपुर

त्यस्तै, रौतहटको चन्द्रपुर-५ मा भेटिएको शंकास्पद वस्तु अटो मेटिक बम भएको नेपाली सेनाले जनाएको छ । पूर्व पश्चिम राजमार्गमा बम भेटिएपछि सवारी आवागमन बन्द गरिएको छ । बम डिस्पोजको लागि एक घण्टादेखि राजमार्ग अवरुद्ध गरिएको हो ।

 

झापाको गौरादह

झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक बम विष्फोट भएको छ । ग्वालडुब्बा बजार पूर्वतर्फ रहेको वडा कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए । प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

 

लमजुङको राइनस

लमजुङको राइनस नगरपालिका -५ मा सुतली बम फेला परेको छ । राइनस नगरपालिका -५ को सिम्ले र कैनिटार दुई स्थानमा उक्त बम फेला परेको हो । बिहानै शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । घटनास्थलमा तत्कालै इलाका प्रहरी कार्यालय भोटेवडार र तिनपिप्ले प्रहरी चौकीका टोली खटिएका छन् । साथै जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोली समेत उक्त ठाउँमा पुगेको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...