१६ लाख बिल तिर्न नसकेपछि अस्पतालमै छाडिए बिरामी



हाम्रो इकोनोमि

 

 

झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन्। अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका छन्।

 

३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ। अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा सुधार हुन्न, अन्तिम अवस्थाजस्तै हो’ भन्दै बिल तिर्न भनेको जनाइएको छ।

 

यही साउन १३ गते इलामको बर्ने भन्ने ठाउँमा दुई मोटरसाइकल ठोक्किँदा इलामको रोङ(४ का ३३ वर्षीय अरुण तामाङ घाइते भएका थिए। उनलाई सोही दिन बीएन्डसी अस्पताल लगिएको थियो।

 

घाइतेका दाजु निमा तामाङका अनुसार बिरामीको करङ भाचिएको, टाउकोमा चोट लागेको र दुवै खुट्टा नचल्ने भएको छ। उपचारका क्रममा अस्पताललाई ३ लाख रुपैयाँ बुझाइसकेको निमाले बताए। ‘उपचारको दुई सातापछि एक्कासि आएर अस्पतालले पैसा तिर्नुस्, बिरामी लानुस् भन्दै झन्डै १६ लाख रुपैयाँको बिल दियो’, उनले भने, ‘जसमध्ये आईसीयूको ९ लाख, दुई दिन भेन्टिलेटरमा राखेको २ लाख ५० हजार र फार्मेसीको ४ लाख ३० हजार तिर्न डाक्टरले पटक(पटक भने। हामीले पैसा खोज्दै थियौं तर बिरामीको अवस्थाबारे हामीलाई केही भनेनन्।’

 

उनका अनुसार घाइतेको उपचार भएन, ३ लाख रुपैयाँ पनि अस्पतालले लिइसक्यो। ‘अहिले आएर एकैचोटि त्यत्रो पैसा ९१६ लाख रुपैयाँ० माग्छ’, उनले भने, ‘हामीसित पैसा छैन।’ पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालमा अलपत्र छाड्नुपरेको जनाइएको छ। ‘अब यत्रो पैसा कहाँबाट ल्याउने रु ’, उनले भने, ‘गाउँको घर बेचेर पनि यतिका पैसा बटुल्न मुस्किल छ। अर्कोतिर आमा मिर्गौला रोगले ग्रसित भएर काठमाडौंमा उपचाररत हुनुहुन्छ।’

 

अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बिरामीका आफन्तले हल्ला मात्र गर्दै हिँडेको बताए। उनले करिब ५ लाख रुपैयाँको बिल उठेको दाबी गरे। उनले यसबारे समाचार नलेख्न आग्रह गर्दै भने, ‘अहिले केही नलेख्नू, भोलि डाक्टरलाई बिरामीका आफन्त राखेर तपाईंलाई पनि बोलाएर छलफल गरौंला।’

 

न्युरोको उपचार संसारभर महँगो हुने गरे पनि आफ्नो अस्पतालले भने मिलाएर सस्तोमा गरिदिएको जिकिर उनले गरे। निमाले भने अस्पतालले बिल तिर्न दबाब दिएको दाबी गरे। भने, ‘हामीले झुटो बोलेका छैनौं।’

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...