विप्लव नेकपाद्धारा बसमा आगजनी , देशभरको जनजीवन प्रभावित, ठाउँठाउँमा बम राखियो



हाम्रो इकोनोमि

 

 नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दलाई सफल पार्ने नाममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।

मंगलबार विहान ६ बजे नेकपाका कार्यकर्ताले नयाँ  बसमा आगजनी गरेका हुन् ।

आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो ।

भन्सार छुटाएर काठमाडौं लैजाँदै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको छ ।

 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल बन्द आब्हानले देशभरको जनजीवन प्रभावित भएको छ । बन्द आब्हानका कारण सुरक्षाका कारण विद्यालयहरु पूर्णरुपले ठप्प भएका छन् ।

 

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात पातलिएको छ । उपत्यकाभित्रै बम फेला पर्दा त्रास झनै बढेको छ । भक्तपुरको सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै प्रेसर ककुर बम फेला परेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम भर्खरै निष्क्रिय पारेको छ ।

 

सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

 

दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको बताए ।

 

त्यसैगरी पश्चिमी भेकमा बन्दको असर बढी रहेको छ । पश्चिममा सार्वजनिक यातायात ठप्प रहेका छन् । पूर्वतिर बन्दको सामान्य असर परेको छ ।

विभिन्न ठाउँमा शंकास्पद बस्तु राखिएको छ । केही ठाउँमा सुरक्षाकर्मी बम विस्पोजल टोलीले बम निष्क्रिय पारेको छ ।

चन्दा आतंक फैलाएको नाममा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले नियन्त्रणमा लिएपछि नेकपाले बन्द लगायतका विरोधका कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...