मुख्य खबर

पारस शाहलाई हृदयघात, नर्भिक अस्पताल भर्ना

  पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् । शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।