गोविन्द केसीको समर्थनमा रिले अनसन, थापा पक्षको विरोधमा प्रदर्शन



हाम्रो इकोनोमि

 

डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरु रिले अनसनमा बसेका छन् ।

बिहान १० बजेदेखि ५० जनाको हाराहारीमा डाक्टरहरु रिले अनसनमा बसेका हुन् । रिले अनसन शिक्षण अस्पताल महाराजगन्जमा बेलुका ५ बजेसम्ममत्रिवि चल्नेछ ।

१० माघमा सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले आइतबार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमबार कार्यालय समयमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको हो ।

 

संघले प्रधानमन्त्री केपी शर्मा ओलीकै  अग्रसरतामा केसीसँग गरिएको सम्झौताका सम्बन्धमा  प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट केसीका सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको दाबी गरेको छ ।

 

केसी अनसनमै रहेको बेला सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ । तर, केसीले पारित  विधेयकको विरोधमा एक विज्ञप्ति  निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आक्षेप समेत लगाएका छन् ।

 

उनले माग पूरा नभएसम्म अनसन नतोड्ने भन्दै त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेको भएपनि अनसन तोडाउन सरकारबाट कुनै पहल भने भएको देखिँदैन ।

यसैबीच डा केसीविरुद्ध अनसन बसेका विजय थापाका समर्थकहरुले त्रिवि शिक्षण अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । सेवा रोकेर सरकारी चिकित्सकहरु त्रिवि परिसरमा रिले अनसनमा बसेको भन्दै थापा पक्षहरुले विरोध प्रदर्शन गरेका हुन् ।

 

 

रिले अनसन नै बस्ने भए खुल्लामन्चमा बस्नुपर्ने भन्दै उनीहरुले सरकारी अस्पतालबाट अनसनकारीहरु तुरुन्त हट्नुपर्ने माग गरेका छन् ।

डा केसीलाई चुनौती दिँदै ओखलढुंगाका युवा थापाले  डा केसीले अनसन थालेको दोस्रो दिनमा इलाममै गएर अनसन सुरु गरेका थिए ।

‘निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका निम्ति संयुक्त सङ्घर्ष समिति’ को नाममा थापा अनसन बसेका हुन् ।

 

केसीलाई इलामबाट उपचारका लागि काठमाडौं ल्याइएकै दिन थापालाई पनि काठमाडौं ल्याएर उपचार थालिएको थियो । दुबैको त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ।

यस्तै बिरामीहरुले पनि उपचार नपाएको भन्दै अस्पतालको पुर्जा अगाडि राखेर  त्रिवि परिसरमा विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...