ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु पछि मोरङमा तनाव, ३ वटा ट्रिपरमा आगजनी



हाम्रो इकोनोमि

 

ट्रिपरको ठक्करबाट मोरङको बिराटचौकमा ११ बर्षिय बालिकाको मृत्यु भएको छ ।

बिराटचौकबाट बिराटनगर जादै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीका ११ बर्षिया बालिका लक्ष्मी ढकाललाई ठक्कर दिएको थियो ।

बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिब्र गतिमा रहेको ट्रिपरले बालिकालाई ठक्कर दिएपछि अनियन्त्रित भइ रुखमा ठोकिएको छ । बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानियहरुले ट्रिपरमा आगो लगाइदिएका छन् । ट्रिपरका चालक भने फरार छन् ।

आक्रोशित स्थानियले सडकमा गुडिरहेका अन्य दुई ट्रिपरमा पनि आगजनी गरेका छन् । ट्रिपरका कारण बिराटचौकमा धेरैले ज्यान गुमाएको भन्दै रातको समयमा मात्र ट्रिपर संञ्चालन गर्न स्थानियले पटक पटक माग गरिरहेका थिए ।

तनावलाई नियन्त्रणमा लिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...