खेल

चितवन राइनोजको लगातार दोस्रो जित

    ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो ।