एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा रहेको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै भ्रष्टाचारको सबै विपक्षमा एमाले रहेको बताए । उनले भने, ‘सुशासनको मामिलामा हाम्रो पार्टी यो देशका अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा छ । हाम्रो पार्टी अध्यक्षले भन्नुहुन्छ- म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भनेर यो अध्यक्षको भनाइमात्रै होइन, एमालेको भनाइ हो । एमालेका नेता कार्यकर्ता कसैले पार्टीको आदर्शलाई समात्न सक्दैनन् भने कारवाहीको भागीदार हुन्छन् ।’ उनले एमालेका नेता कार्यकर्तालाई कुनै अभियोग लागेमा कहिल्यै पक्षमा नलाग्ने बताए । उनले थपे, ‘अभियोग लागेपछि निलम्बन गरेर छानबिनलाई सघाउने गरेका छौं । तर, पुरानाको विकल्प भन्ने स्वतन्त्र पार्टीका सभापतिले के-के गर्नुभयो भन्ने भन्नु पर्दैन । संसदको समितिले छानबिन गरेर कारवाहीको सिफारिस गरेर प्रक्रिया अगाडि बढाउँदा प्रहारको निशाना एमालेलाई बनाइएको छ । उनले आफूहरू सुरूदेखि नै व्यक्तिकेन्द्रित छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...