एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा रहेको जिकिर गरेका छन् । काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गदै भ्रष्टाचारको सबै विपक्षमा एमाले रहेको बताए । उनले भने, ‘सुशासनको मामिलामा हाम्रो पार्टी यो देशका अरु राजनीतिक पार्टीभन्दा सबैभन्दा सही ठाउँमा छ । हाम्रो पार्टी अध्यक्षले भन्नुहुन्छ- म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्नँ भनेर यो अध्यक्षको भनाइमात्रै होइन, एमालेको भनाइ हो । एमालेका नेता कार्यकर्ता कसैले पार्टीको आदर्शलाई समात्न सक्दैनन् भने कारवाहीको भागीदार हुन्छन् ।’ उनले एमालेका नेता कार्यकर्तालाई कुनै अभियोग लागेमा कहिल्यै पक्षमा नलाग्ने बताए । उनले थपे, ‘अभियोग लागेपछि निलम्बन गरेर छानबिनलाई सघाउने गरेका छौं । तर, पुरानाको विकल्प भन्ने स्वतन्त्र पार्टीका सभापतिले के-के गर्नुभयो भन्ने भन्नु पर्दैन । संसदको समितिले छानबिन गरेर कारवाहीको सिफारिस गरेर प्रक्रिया अगाडि बढाउँदा प्रहारको निशाना एमालेलाई बनाइएको छ । उनले आफूहरू सुरूदेखि नै व्यक्तिकेन्द्रित छानबिन समिति बनाउन हुँदैन भन्ने पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...