चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री



 

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता नहुने बताएका छन् । आज पूर्वप्रधानमन्त्री र पूर्वपराष्ट्रमन्त्रीहरुसँगको छलफलमा ओलीले ऋणसँग सम्बन्धी सम्झौता नहुने बताएका हुन् । प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दै छन् । चीन भ्रमणका एजेण्डाबारे उनले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरुसँग सिंहदरबारमा संयुक्त छलफल गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री ओलीले बीआरआईको ऋणको पासोमा पर्न खोजेको भन्ने हल्ला सत्य नभएको बताए । छलफलमा ओलीले, ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौं । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन ।’ उनले चीन भ्रमणका एजेण्डाको विषयमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच विवाद छ भनेर भ्रम फिजाइएको बताए । चीनसँग नेपालको लामो र मित्रवत सम्बन्ध रहेको भन्दै उनले दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण हुन लागेको बताए । प्रधानमन्त्री ओलीले पहिले जुन देशको भ्रमण गरे पनि सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्ने बताए ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको