समाचार

देउवाको पक्षमा माधव पक्षका १९ सांसदको हस्ताक्षर (सूचीसहित)

  कांग्रेस सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागेको विपक्षी गठबन्धनमा माधव नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन् । माधवपक्षीय सांसद झपट रावलका अनुसार १९ जनाको हस्ताक्षर भइसकेको छ ।