समाचार

गृहमन्त्री रामबहादुर थापा ‘बादल’को प्रस्तावमा सिन्डिकेटको ‘जरा’ उखेलिने, आजै मन्त्रिपरिषदले निर्णय गर्ने

यातायात व्यवसायी संघ/समितिहरुको नविकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको