सिमेन्ट नहाली बालुवाले मात्र काम चलाएछि बल्खु–दक्षिणकाली सडकको ठेकेदार अख्तियारद्वारा पक्राउ, १ बोरा सिमेन्टमा ३० बोरा बालूवा हालेको खुलासा



हाम्रो इकोनोमि

 

आर्थिक बर्षको अन्तिममा रातारात विकासका कामहरू द्रुतगतिमा भइरहेका छन् । यसरी रातारात पिच गरिएका सडकको गुणस्तरबारे प्रश्न उठिरहने गरेको छ ।

सिमेन्ट नहाली बालुवाले मात्र काम चलाएछि बल्खु–दक्षिणकाली सडकको ठेकेदार कोइरालालाई अख्तियारद्वारा पक्राउ गरेको छ । १ बोरा सिमेन्टमा ३० बोरा बालूवा हालेको खुलासा पनि भएको छ ।

बल्खु–फर्पिङ सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ । सडक डिभिजनका कर्मचारी,  निर्माण व्यवसायी, परियोजनाका डिजाइनर तथा सुपरभिजन गर्ने कम्पनी र आयोजनाको लागि ऋण दिने दाता नै मिलेर सडक निर्माण गुणस्तरीय हुन नसकेको स्रोत बताउँछ ।

 

स्रोतका अनुसार, बल्खु–दक्षिणकाली सडकमा सबै पक्ष मिलेर गुणस्तरहीन सामान प्रयोग गरी भ्रष्टाचार गरेको कुरा जानकारी भएपछि अख्तियारले छानबिन गर्न लागेको छ ।

आर्थिक वर्षको अन्त्यतिर विकास पूर्वाधारको काम तीव्र पार्ने, टालटुल पारेर सडक तयार गरेजस्तो देखाउने, जनताको आँखामा छारो हालेर हिसाब मिलान गरेर भ्रष्टाचार गर्ने प्रवृत्ति अझै मौलाउँदै गएको छ । त्यो कुरा बल्खु–फर्पिङ सडकमा पनि देखिएको छ ।

बल्खु–फर्पिङ सडक खण्डमा पहिलो चरणको पिच सकिएको छ । बर्षायामको मुखमा गरिएको पिच हप्तादिनभित्रैमा विभिन्न ठाउँमा दर्जनौं खाल्डा परिसकेको खबर छ ।

 

सडक निर्माण गरिएको सात दिनमै पिच उप्किन थालेपछि चाल्नाखेलका स्थानीयबासी विरोधमा उत्रिएका छन् । उनीहरूले स्थानीयबासीलाई झुक्याइएको भन्दै आक्रोस पोखेका छन् । साँढे नौ किमी सडकमध्ये करीब सात किमी सडकमा पिच गर्ने भन्दै अलकत्रा हालेर गिट्टीले छोप्ने काम मात्र गरिएको स्थानीयबासीको आरोप छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओली सुशासन कायम गराउन प्रतिबद्ध रहेको भन्दै भाषण गरिरहँदा राजधानी काठमाडौंको बल्खु–दक्षिणकाली  सडक भ्रष्टाचारकै कारण गुणस्तरहीन बनिरहेको छ ।

बल्खु–दक्षिणकाली सडकमा जस्तै देशका विभिन्न सडक आयोजनाहरूमा भ्रष्टाचार हुने गरेको छ । बल्खु दक्षिणकाली सडक हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक राजमार्गको एक मात्रै नभएर उपत्यकाको चर्चित शक्तिपीठ मध्येकी एक दक्षिणकाली मन्दिरमा ओदोरदोहोर गर्ने हजारौं भक्तजनहरू हिड्ने मार्ग समेत हो ।

त्यही सडक खण्ड सुधारको नाममा गुणस्तरहीन पिच गरेपछि कामको अपजसको भारी सरकारको टाउकोमा चर्कोसंग थोपरिने भएको छ ।

 

बल्खु–दक्षिणकाली सडक विगत केही बर्षदेखि जीर्ण र खाल्डैखाल्डा भएकाले यात्रुले सास्ती बेहोर्नुपरेको छ भने दुर्घटना पनि बढिरहेका छन् । सरकारले त्यो सडक फराकिलो पारी पिच गर्नका सीमाञ्चाल नामक भारतीय कम्पनी र गौरी पार्वती–सुनौला खिम्ती जेभीलाई ठेक्का दिएको छ । जसको ७५ प्रतिशत भन्दा बढी भुक्तानी ठेकेदारहरूले लिइसकेका छन् ।

 

बल्खुदेखि फर्पिङसम्मको ९.५ किमी सडक चौडा गर्ने र सर्फेस डे«सिङ पिच गर्ने ठेक्का भारतीय कम्पनी सीमान्चल र गौरी पार्वती–सुनौला खिम्ती जेभीले पाएका हुन् ।

कटिङ, ड्रेन बनाउनै बाँकी रहेको अवस्थामा गुणस्तरहीन पिच गरेको निर्माण कम्पनीलाई आयोजनाले सेटिङमा ठूलो रकम भुक्तानी दिएबाट आयोजनाका उच्च अधिकारी, सडक विभागको समेत मिलेमतोमा अनियमिततालाई ढाकछोप गर्ने प्रयास गरिएको छर्लङ्ग देखिएको छ ।

बल्खु–फर्पिङ आयोजनाका प्रमुख नरेन्द्र कोइराला हुन् । उनी यसअघि भक्तपुरलगायत जुनसुकै कार्यालयको प्रमुख हुँदा पनि काम गर्न नसक्ने कमिशन भने कुम्ल्याउने डीईकारुपमा चर्चित छन् ।

 

नेपाल सरकारले सबै क्षेत्रमा असफल भई बिस्थापित गरिसकेको ओटासिल पिच गरेकै शैलीमा पिच गरिएका कारण पनि सात दिनमै उप्किएर खाल्डाखुल्डी परेको बताइन्छ ।

चाल्नाखेल भन्दामाथिको जंगलमा ठाउँ ठाउाँ पिच भत्किसकेको छ भने टौदहमा पनि सडकको अवस्था राम्रो छैन । सडकमा पिच गर्ने नाममा अलकत्रा छरेर त्यतिकै छोडेका कारण पिच गरेको सडकमा अत्याधिक खाल्खाखुल्डीहरू रहेका छन् ।

चोभारको हिमाल सिमेन्ट उद्योगको गेटबाट निर्माण सुरु गरिएको सडकको ड्रेनमा समेत गुणस्तरहीन सिमेन्टका कारण ठाउँ ठाउँमा भत्केका छन् ।

 

भ्याट बाहेक कूल २३ करोड ८७ लाख रुपैयाँ ठेक्कामा लिएको कम्पनीले करीब १८ करोड रुपैयाँभुक्तानी लिइसकेको स्रँेत बताउछ । सुरुमा २० प्रतिशत अर्थात् चार करोड भन्दा बढी रकम मोबिलाईजेशन बापत लिएर फरार भएको कम्पनी गत वर्षमात्रै निर्माणमा फर्केको थियो । सन् २०१५ को जुन ३ देखि सुरु गरिएको सडक आयोजनाको समयावधि गत जेठ २४ नै सक्किएपनि पुनः थप्न चलखेल सुरु भएको छ ।

 

आयोजनाको म्याद सकिइसक्दा समेत जम्माजम्मी ६५ प्रतिशत हाराहारी मात्रै काम सम्पन्न भएको छ । एक वर्षको डीएलपी समेतलाई हिसाब गर्दा आयोजनाले ५५ देखि ६० मात्रै भुक्तानी गनुपर्नेमा करीब ७६ प्रतिशतभन्दा बढी रकम भुक्तानी गरिसकेको स्रोतको दावी छ ।

 

गुणस्तरहीन पिच गर्ने सडक आयोजनामाथि अख्तियारले छानबिन गरी दोषीमाथि भ्रष्टाचार मुद्दा चलाउने तयारी गरिरहेको छ । गुणस्तरहीन सडक निर्माण गर्ने ठेकेदार नरेन्द्र कोइराला छानबिनको दायरामा तानिएका छन् । तर कोइरालालने भने सडकको डिजाइन नै गलत गरिएका कारण पिच भत्किएको दाबी गर्दैआएका छन् ।

 

उनले सडक विभाग तथा माथिल्लो निकायकै डिजाइनमा ठेक्का दिंदै डिजाइन गलत गरिएकाले यस्तो हुन गएको दाबी गरेका छन् । सो सडकको डिजाइन नेपाल सरकारले गरेको होइन । स्वाईल टेष्ट कम्पनी प्रा.लि, टेक स्टुडियो प्रा.लि., अभियान कन्सल्टेन्सी प्रा.लि र बिम कन्सल्टेन्सी प्रा.लि.ले संयुक्तरुपमा सो आयोजनाको डिजाइन तथा सुपरभिजन गर्दै आएको थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...