बर्दिवास मा सर्पको टोकाईले एकैदिनमा चार जनाको मृत्यु



हाम्रो इकोनोमि

सर्पको टोकाईले एकैदिनमा चार जनाको ज्यान गएको छ। सोमबार जिल्लाको बर्दिवास नगरपालिकामा २ जना र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो।

सर्पको टोकाईबाट ज्यान जानेमा बर्दिवास नगरपालिकाका ५ का २७ वर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउत रहेका छन्।

तामाङको बर्दिवास-३ सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

त्यस्तै, गौशाला नगरपालिका १२ बस्ने ३६ वर्षीय सुशीलकुमार सिंह र ११ वर्षीय मनिष राउतको सर्पको टोकाइबाट मृत्यु भएको छ।

सर्पले टोकेको सिंह र राउतको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको बर्दिवास(३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

बर्दिवासका दुई जनाको कोब्रा सर्पले टोकेको लक्षण देखा परेको र गौशाला नगरपालिकाका २ जनाको करैत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

वर्षातसँगै महोत्तरी जिल्लामा सर्पदंशको घटना हृवात्तै बढेको छ।

आव २०७४र०७५ मा मात्रै २६३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्द्रले ३१ जनाको सर्पदंशका बिरामी उपचार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...