बर्दिवास मा सर्पको टोकाईले एकैदिनमा चार जनाको मृत्यु



हाम्रो इकोनोमि

सर्पको टोकाईले एकैदिनमा चार जनाको ज्यान गएको छ। सोमबार जिल्लाको बर्दिवास नगरपालिकामा २ जना र गौशाला नगरपालिकामा २ जनाको मृत्यु भएको हो।

सर्पको टोकाईबाट ज्यान जानेमा बर्दिवास नगरपालिकाका ५ का २७ वर्षीय बलबहादुर तामाङ, बर्दिवास नगरपालिका ६ का ७३ बर्षीय तिलकमाया राउत रहेका छन्।

तामाङको बर्दिवास-३ सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि थप उपचारको लागि बाहिर लैजाने क्रममा मृत्यु भएको हो भने राउतको उपचारको लागि ल्याउँदै गर्दा मृत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

त्यस्तै, गौशाला नगरपालिका १२ बस्ने ३६ वर्षीय सुशीलकुमार सिंह र ११ वर्षीय मनिष राउतको सर्पको टोकाइबाट मृत्यु भएको छ।

सर्पले टोकेको सिंह र राउतको उपचारको लागि लैजाने क्रममा मृत्यु भएको बर्दिवास(३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

बर्दिवासका दुई जनाको कोब्रा सर्पले टोकेको लक्षण देखा परेको र गौशाला नगरपालिकाका २ जनाको करैत सर्पको टोकाईको लक्षण देखा परेको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

वर्षातसँगै महोत्तरी जिल्लामा सर्पदंशको घटना हृवात्तै बढेको छ।

आव २०७४र०७५ मा मात्रै २६३ जना सर्पदंशका बिरामीहरुको उपचार गरिएकोमा असार महिनामा मात्र उपचार केन्द्रले ३१ जनाको सर्पदंशका बिरामी उपचार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...