समाचार

सर्लाहीमा सांसद कुटिए, पञ्चायतीमा युवकले राखे युवतीलाई बलात्कार गर्न पाउनुपर्ने माग

  पञ्चायती (गाँउका भद्रभलाद्मीको सभा) मै युवतीलाई सार्वजनिक रुपमा बलात्कार गर्न पाउनुपर्ने माग उठेपछि बलात्कारको विरोध गर्दा राष्ट्रिय सभाका सांसद कुटिएका छन् ।   सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा राष्ट्रियसभा सदस्य रामप्रित पासवानमाथि कुटपिट भएको हो ।