सैनिक मुख्यालयको सम्भाररथी र लेखामा सीसीटीभी, ठेकेदारहरुको भागाभाग



हाम्रो इकोनोमि

 

 

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र सुधारको थालनी गरेका छन् । उनको सुधार अभियान कार्यकालको अन्तिमसम्म रहने हो कि पूर्ववर्ती राजेन्द्र क्षेत्री जस्तै उनी भ्रष्टाचारको आहालमा डुब्ने हुन् भन्ने आशंका गर्ने ठाउँ छ ।

 

किनकि क्षेत्रीले पनि सुरुमा सेनामा सुधारको डंका पिटेर अन्तिममा बदनाम भए । वर्तमान सेनापति थापाले सेनाका हाकिमका श्रीमतीलाई रानी साब भन्ने प्रचलन हटाएर सुधारको थालनी गरेका छन् ।

 

सेनापति थापाले सेनाको संभाररथी विभाग र लेखामा सीसीटीभी राखेर भ्रष्टाचार बिरुद्ध निगरानी सुरु गर्न लागेका छन् । उनले दशैंअघि सेनामा भ्रष्टाचार छ, अब सून्य सहनशीलता अपनाउँछु भनेका थिए ।

 

त्यसैअनुरुप उनले सम्भाररथी र लेखामा सीसीटीभी जडान गर्न लागेका छन् । सम्भाररथी र लेखामा ठेकेदारहरुसँग सेटिङ हुने गरेको गुनासो सार्वजनिक भएपछि उनले सीसीटीभी जडान गर्न लागेका हुन् ।

 

सीसीटीभी जडानको कुराले सेनामा सेटिङ गरी ठेक्का लिने ठेकेदारहरुको भागाभाग हुने भएको छ । टेण्डर खुलेदेखि नै सेनाको सम्भाररथी र लेखामा ठेकेदारहरुको सेटिङ हुने गरेको बिषय बारम्बार संचारमाध्यममा आउने गरेको छ । सम्भाररथीमा सेटिङ हुने ठेकेदारले मात्र टेण्डर फर्म लिन सेनाको जंगीअड्डामा जान पाउँथे । सेटिङ नहुनेले टेण्डर फर्म लिन कार्यालयभित्र प्रवेश नपाउने अवस्था विद्यमान छ ।

 

सेनाभित्र टेण्डरको सूचनासमेत गोप्य रुपमा छापिने गरेको छ । बजारमा जाने दैनिक पत्रिकाको कपीमा सूचना नछापी गोप्यरुपमा विज्ञापन राखी टेण्डरको सूचना छापेर सेटिङ नभएका ठेकेदारहरुलाई थाहै नदिई ठेक्का दिइने गरेको छ । यसमा पनि सेनापतिले ध्यान दिएर विद्युतीय खरिद निर्देशिकाअनुसार ई टेण्डर गरे सेनाको खरिद पारदर्शी हुने छ ।

 

 

सेनापति क्षेत्रीले ठेकेदारहरुसँग अवकाशपछि मात्र भेट्ने जनाउ दिइसकेका छन् । उनीसँग भेट गर्न चाहने ठेकेदारहरुलाई उनले ३ बर्षपछि भेट्नु भन्ने जवाफ दिने गरेको स्रोतले बताएको छ ।

 

पूर्वसंभाररथी प्रमुख पूर्ण सिलवाललाई पनि उनले ठेकेदारहरुको बारेमा धेरै दबाब नदिन उनले सचेत गराइसकेका छन् । सिलवाल उनका ज्वाई हुन् । सिलवालले ठेकेदार बिजय श्रेष्ठको वेभ इक्युपमेन्ट ब्याग र डीएमएस बुटमा बढी दररेट भए पनि ठेक्का दिन दबाब दिएपछि उनले हस्तक्षेप नगर्न भनेका हुन् ।

 

 

वेभ इक्युपमेन्ट ब्यागको ठेक्कामा कम दरमा प्रस्ताव हाल्ने कम्पनीलाई नदिई बढी दरको बिजय श्रेष्ठको न्यू क्रियसनलाई दिइएको बिषयमा धेरै विवाद भएको छ । डीएमएस बुटको ठेक्का पनि बिजय श्रेष्ठलाई नै दिन सेनापतिमाथि चर्को दबाब छ । जबकि बिजय श्रेष्ठको न्यू क्रियसनको भन्दा २ वटा फर्मले कम दरमा दिने टेण्डर प्रस्ताव गरेका छन् । तेस्रो बढी दरको न्यू क्रियसनलाई दिनका लागि ठूलो चलखेल भइरहेको छ ।

 

सेनापति क्षेत्रीले सेनाभित्र नक्कली शैक्षिक प्रमाणपत्रको बिषयमा नकारात्मक कुरा बाहिर आएपछि उनले छानबिन गर्ने भएका छन् । र, सबै सैनिक अधिकृतहरुको प्रमाणपत्र उनले सैनिक मूख्यालयमा झिकाएर छानबिन गर्न लागेका छन् ।

 

रथी हुुनुपर्ने अनोजबहादुर बस्नेतको नक्कली प्रमाणपत्रकै कारण बढुवा रोकिएको छ । बस्नेतमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएर बढुवा हुँदै उपरथी भएको आरोप छ । सेनामा नक्कली प्रमाणपत्र पेश गरेर लामो समय जागिर खाएको गुनासो आएपछि सेनाले आन्तरिक छानविनलाई अघि बढाएको हो ।

 

नेपाली सेनामा यसअघि केहि उच्च अधिकृतहरुले नक्कली प्रमाणपत्र र उमेर किर्ते गरेको देखिएपछि जागिर समेत गएको थियो । थापाले सेनामा भ्रष्ट्राचार नियन्त्रणका लागी सैनिक अदालतलाई सक्रिय बनाउने, नक्कली प्रमाणपत्रधारीहरुको छानविन गर्ने, फाष्ट ट्रयाक बढुवा प्रणालीलाई सुधार गर्ने र खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...