सैन्य शक्तिको तुलना, पाकिस्तानभन्दा भारत तीन गुणा बलियो
भारत र पाकिस्तानबीच फेरि एक पटक तनाव चुलिएको छ । यसपालि यी दुई देश ‘पूर्ण युद्ध’ कै संघारमा पुगेको विश्लेषण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । भारतले आज पाकिस्तानी भूभागमा मिसाइल आक्रमण गर्दै अनौपचारिकरुपमा युद्धको संखघोष गरेको हो ।