सोनिया र राहुल गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



हाम्रो इकोनोमि

 

 

भारतको प्रमुख विपक्षी दलका नेता राहुल गान्धी र सोनिया गान्धीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा आरोपपत्र दर्ता भएको छ । नरेन्द्र मोदी सरकारको प्रत्यक्ष निर्देशनमा चल्ने प्रवर्तन निर्देशनालय अर्थात इन्फोर्समेन्ट डिपार्टमेन्टले कांग्रेसका मुख्य नेता सोनिया र राहुल आमा छोराविरुद्ध आरोपपत्र दाखिल भएको हो । भारतको सरकारी समाचार संस्था पीटीआईका अनुसार ९ अप्रिलमा दायर भएको चार्जसीटमाथि २५ अप्रिलमा सुनुवाइ हुनेछ । चार्जसीटमा कांग्रेसका अन्य नेता श्याम पित्रोदा र राजीव गान्धी फाउन्डेशनका ट्रष्टी सुमन दुबेलाई पनि अभियुक्त बनाइएको छ ।

सोनिया भारतीय पूर्वप्रधानमन्धी राजीव गान्धीकी पत्नी र राहुल छोरा हुन् । इडीले यसै महिना एसोसियटेड जर्नल लिमिटेडको ६६१ करोड रुपैया बराबरको सम्पत्ति जफ गर्ने प्रक्रिया थालेको थियो । नेशनल हेराल्ड पत्रिकाको प्रकाशक संस्था एशोसियटेड जर्नल्स प्रालिको मुख्य हिस्सेदार योङ इण्डिया प्रालि हो । यो कम्पनीमा राहुल र सोनियाको हिस्सेदारी रहेको पीटीआईले जनाएको छ ।

नेशनल हेराल्ड अखबारको स्थापना सन् १९३८ मा पण्डित जवाहरलाल नेहरुले गरेका थिए । नेहरु परिवारबाट उनीसहित छोरी इन्दिरा र नाति राजीव प्रधामन्त्री भए भने राहुल गान्धी अहिले भारतीय लोकसभामा विपक्षी दलका नेता छन् । विपक्षी भारतीय कांग्रेसले भने सोनिया र राहुलमाथिको अभियोग प्रधामन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले धम्क्याउने ढंगले नयाँ राजनीति थालेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...