भारतको पाँचवटा सैन्य जेट खसालेको पाकिस्तानको दाबी



हाम्रो इकोनोमि

 

 

भारतले गरेको आक्रमणको जवाफमा पाकिस्तानले पाँच भारतीय वायुसेना जेटहरू खसालेको दाबी गरेको छ । भारतले आक्रमणमा पठाएका तीन राफेल जेट, एक मिग-२९ र एक एसयू-३० लडाकु विमान र एक ड्रोन खसालेको पाकिस्तानी सेनालाई उद्धृत गर्दै सीएनएनले जनाएको हो ।

भारतले बुधवार बिहान पाकिस्तानी भूभागमा मिसाइल हमला गरेको थियो । मिसाइल हमलाले पाकिस्तानको घना बस्ती भएको पन्जाब प्रान्त र पाकिस्तान प्रशासित कश्मीरमा रहेको कथित ‘आतंकवादी पूर्वाधार’ लाई निशाना बनाएको भारतीय मिडियाले जनाएका छन्। यो हमला भारत प्रशासित कश्मीरमा भएको पर्यटकहरूको हत्याकाण्डको दुई हप्ताभन्दा बढी समयपछि भएको हो, जसलाई नयाँ दिल्लीले आफ्नो छिमेकीमाथि दोष लगाएको थियो।

पाकिस्तानी सुरक्षा स्रोतको ब्रिफिङले जेटहरू कहाँ र कसरी खसालिए भन्ने कुरा खुलाएन। स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि गर्न नसकेको र भारतीय सरकारसँग प्रतिक्रियाको लागि सम्पर्क गरेको सीएनएनले जनाएको छ ।

मुस्लिम बहुल पाकिस्तान र हिन्दु बहुल भारत गत महिना भएको हत्याकाण्डपछि खुला द्वन्द्वको नजिक पुगेका छन् । बुधवार बिहानदेखि दुवै पक्षले सीमामा गोलीबारी र गोला हानाहान गरेका छन् । पाकिस्तान प्रशासित कश्मीरमा रहेका सीएनएन पत्रकारले धेरै ठूला विस्फोटहरू सुनेको समाचारमा जनाइएको छ । भारत प्रशासित कश्मीरको सबैभन्दा ठूलो शहर श्रीनगरका प्रत्यक्षदर्शीहरूले शहरमा विस्फोट भएको बताएका छन् । शहरको विमानस्थलका निर्देशकले विमानस्थल नागरिक उडानका लागि बन्द गरिएको बताए।

अमेरिकी विदेश मन्त्रालयले दक्षिण एसियाली छिमेकी देशहरूबीचको तनावलाई ‘नजिकबाट निगरानी’ गरिरहेको बताएको छ । भारतले आतंकवादीका पूर्वाधारमा आक्रमण गरिएको बताए पनि पाकिस्तानले यो दाबीलाई अस्वीकार गरेको छ । हमलाले मुख्य रूपमा आम नागरिकहरूलाई हानि पुर्‍याएको पाकिस्तानी अधिकारीले बताएका छन् । पाकिस्तानी सैन्य स्रोतले सीएनएनलाई कोटली, अहमदपुर पूर्व, मुजफ्फराबाद, बाग र मुरिदकेमा पाँच स्थानमा हमला भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...