पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीयको मृत्यु



हाम्रो इकोनोमि

 

 

 पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् । त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन् । चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो । यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...