राजनीति

राजदूत नै मानव तस्करीमा, शेर्पालाई फिर्ता बोलाएर कारवाही गर्ने तयारी

  सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि ‘मानव तस्करीमा सहयोगी’ बनेको गम्भीर आरोप छ। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध–सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ।