राजनीति

ओलीबाट धोका भयो: प्रचण्ड

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको गुनासो सचिवालय सदस्यहरु गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका हुन्।