सरकारविरुद्ध रणनीति बनाउँदै विपक्षी गठबन्धन
विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सरकारविरुद्ध रणनीति बनाउन बैठक चलिरहेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।