सरकारविरुद्ध रणनीति बनाउँदै विपक्षी गठबन्धन



हाम्रो इकोनोमि

 

 

विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सरकारविरुद्ध रणनीति बनाउन बैठक चलिरहेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

विहान सवा ९ देखि शुरु भएको छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता सहभागी छन् । त्यस्तै एमालेबाट निष्कासित नेताहरु माधवकुमार नेपाल र भीम रावल तथा माओवादी अध्यक्ष प्रचण्ड, कृष्णवहादुर महरा, देव गुरुङसहितका नेता छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई पनि छलफलमा सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...