रोबोटले यसरी खोस्दैछ ८० करोडभन्दा बढी मानिसको रोजगारी !
अटोमेसनको विस्तारका कारण विश्वका ८० करोडभन्दा धेरै जनशक्तिको रोजगारी खोसिँदैछ। ग्लोबल म्यानेजमेन्ट कन्सल्टेन्ट म्याकिन्सेले जारी गरेको रिपोर्टअनुसार ४६ देशका ८ सय पेशा धरापमा पर्दै गरेका हुन्। धेरैको रोजगारी गुम्ने प्रक्षेपण गरिरहँदा म्याकिन्सेले उत्पादकत्व भने ह्वात्तै बढ्ने पनि उल्लेख गरेको छ।