शिक्षा र स्वास्थ्यको विकासमा लाग्छु : मन्त्री पोखरेल



हाम्रो इकोनोमि

विनाविभागीयमन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ ।

आइतबार साँझ महोत्तरीको बर्दिवासमा आयोजित पत्रकार भेटघाटमा नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका मन्त्री पोखरेलले संविधान कार्यान्वयन र यसको सर्वस्वीकार्यताका लागि समर्पित रहने बताउनुभयो ।

मानव विकास सुचांकमा पछि परेको महोत्तरी जिल्लामा शिक्षा, स्वास्थ्य र अन्य विकासका पूर्वाधारमा आम जनताको पहुँच बढाउन आफ्नो निरन्तर प्रयत्न रहने मन्त्री पोखरेलको भनाइ छ ।

विगतमा शिक्षामन्त्री रहिसक्नुभएका पोखरेलले आधारभूत विद्यालयमा नैतिक शिक्षालाई पाठ्यक्रममा राखिनुपर्ने धारणा राख्नुभयो । आपूm चुनावअघि कुनै दलको उम्मेदवार रहे पनि निर्वाचित भएपछि सबैको साझा प्रतिनिधि भएकाले सोहीअनुरुप आमजनता र राष्ट्रको सर्वाङ्गिण हितमा लागिपर्ने पोखरेलले बताउनुभयो ।

पछिल्लो राजनीतिक जटिलताबारे पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले मुलुकको राजनीतिक निकासका लागि प्रधानमन्त्रीले दलको सहमतिमा राष्ट्रियसभासम्बन्धी व्यवस्था परिमार्जित गर्न पहलकदमी लिनुपर्ने विचार राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...