मुख्य खबर

गगन थापाले संसदमा भने बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्

  प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठाएका छन् । सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिन पनि आग्रह गरे ।