गगन थापाले संसदमा भने बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिनुस्



हाम्रो इकोनोमि

 

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे संसदलाई जानकारी नगराइएको भन्दै प्रश्न उठाएका छन् ।

सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बिरामी प्रधानमन्त्रीलाई आराम गर्न दिन पनि आग्रह गरे । बुधबारो प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले भने, ‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरै पटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु, प्रधानमन्त्री बा सरह हुनुहुन्छ । हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस् । हामी हाम्रो बालाई त्यसो भन्छौं तर, हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं ?’

सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका धेरै नेताहरू भएको उल्लेख गर्दै उनले बिरामी प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले थपे, ‘कार्यकारी प्रमुख एकै पटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ । भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिङ्गापुरमा छन् । १२ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका ओलीमा अहिले मृगौलासम्बन्धी एन्टिबडी बढी भएको छ ।

गत साउनमा उनी पहिलो पटक उपचारका लागि सिङ्गापुर गएका थिए । पहिला थाइल्याण्डको बैंककमा नियमित फ्लोअप गराइरहेका प्रधानमन्त्रीले सिङ्गापुरमा उपचाररत छन् । प्रधानमन्त्री भदौ ५ गते सिङ्गापुर गएका हुन् ।

प्रधानमन्त्री लामो समय विदेश भएकाले उनले भिडिओ कन्फ्ररेन्सबाट मन्त्रीहरूसँग छलफल गर्ने गरेका छन् । प्रधानमन्त्री शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । ओलीले सचिवालय सदस्य वामदेव गौतमलाई पनि सिङ्गापुर बोलाएका छन् । गौतम बुधबार सिङ्गापुर गएका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...