नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित



हाम्रो इकोनोमि

 

 

मुलुकको राजस्वमा उल्लेख्य योगदान गर्दै आएको नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा नवौँ पटक सम्मानित भएको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी आयकर बुझाएपछि नेपाल सरकारले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा बैंकलाई सम्मान गरेको हो ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर दाखिला गरेको थियो । बैंकले त्यसपछिको आर्थिक वर्ष २०८२/८३ मा भने ३ अर्ब ६० करोड रुपैयाँ आयकर सरकारलाई बुझाएको जनाएको छ । पछिल्लो आर्थिक वर्षमा दाखिला गरेको कर रकम अघिल्लो वर्षको तुलनामा ६० करोड रुपैयाँ बढी हो ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरेका थिए । बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले सम्मान ग्रहण गरेका हुन् ।

सम्मान ग्रहणपछि चौधरीले यस उपलब्धिलाई समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए । उनले सम्मानले कर्मचारीको योगदान र ग्राहकले बैंकप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गर्दै करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएको बताए । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्ने र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

बैंकका अनुसार कर दाखिलालाई उसले व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीका रूपमा लिँदै आएको छ । पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई दीर्घकालीन प्रगतिको आधार बनाएको बैंकको भनाइ छ ।

चार दशकभन्दा लामो बैंकिङ यात्रा पूरा गरेको नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई सहज, आधुनिक र पहुँचयोग्य बनाउने प्रयास गर्दै आएको छ । डिजिटल बैंकिङ सेवाको विस्तारका लागि बैंकले एनबैंकसमेत सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान

    सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३...

वरिष्ठ नेताको हैसियतामा पूर्णबहादुर र शेखरलाई सानेपामा छुट्टै कार्यकक्ष

    नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा....

मंसिरका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...