सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान



हाम्रो इकोनोमि

 

 

सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिरेर राज्यको ढुकुटीमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको हो ।

विभागमा मंगलबार आयोजना गरिएको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा कम्पनीलाई सम्मान गरिएको हो । जसमा व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालिलाई सर्वोत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ । त्यस्तै, सरकारले सम्मान गरेका अन्य उत्कृष्ट करदातामा उद्योग, व्यापार, सेवा र वित्तीय क्षेत्रका संस्थाहरू समेटिएका छन् ।

वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र विशेष उद्योगतर्फ बरुण वेवरेज नेपाल प्रालिले उत्कृष्ट करदाताको सम्मान पाउँदा एकलौटी फर्ममध्ये थर्ड आइ इन्टरनेसनल अग्रस्थानमा रह्यो । कृषि तथा पशुपन्छीजन्य उद्योगमा ओसिबि फुड्स प्रालि, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी प्रालि र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएका छन्। प्रविधिको क्षेत्रमा सूचना प्रविधि सेवा निर्याततर्फ इनफाईनाई सर्भिसेजले उत्कृष्टता हासिल गरेको छ । वित्तीय तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको विधामा उत्कृष्ट भएर सम्मान पाएको छ ।

बीमातर्फ जीवन बीमामा लाइफ इन्स्योरेन्स लिमिटेड र निर्जीवन बीमामा सिद्धार्थ बीमा कम्पनी सम्मानित भए भने लघुवित्ततर्फ छिमेकी लघुवित्त र रेमिटेन्स तथा मनी ट्रान्सफर विधामा आइएमई लिमिटेडले सर्वाधिक कर तिर्ने संस्थाको सम्मान प्राप्त गरे ।

कारोबारको आकारका आधारमा वर्गीकृत समूहमध्ये वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा इम्पेरियल सेक्युरिटी प्रालि र ५० देखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड खण्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि पुरस्कृत भएका छन् । सेवा क्षेत्रअन्तर्गत पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेड तथा स्वास्थ्य र शैक्षिक संस्थाको विधामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भए । यस्तै, मूल्य अभिवृद्धि करतर्फको उत्कृष्ट करदाताको सम्मान हिमालयन डिस्टिलरी प्रालिले हात पारेको छ भने प्रतिकूल परिस्थितिका बाबजुद निरन्तर व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र राजस्वमा पुर्‍याएको योगदानको कदर गर्दै भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ ।

यी हुन् उत्कृष्ट करदाता

-निकायहरूतर्फ: सूर्य नेपाल प्रालि

– एकलौटी फर्मतर्फ: थर्ड आई इन्टरनेशनल

– वस्तु निर्याततर्फ: डाबर नेपाल प्रालि

– सूचना प्रविधि सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल

– कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड्स प्रालि

– बैंकिङ क्षेत्रतर्फ: नबिल बैंक लिमिटेड

– स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

– पर्यटन व्यवसायतर्फ: सोल्टी होटल लिमिटेड

– वस्तु व्यापारतर्फ: सीजी इम्पेक्स प्रालि

– ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी प्रालि

– रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड

– व्यक्तिगत आयतर्फ: राजबहादुर शाह

– मूल्य अभिवृद्धि करतर्फ: हिमालयन डिष्टिलरी लिमिटेड

– विशेष उद्योगतर्फ: वरुण बेभरेज नेपाल प्रालि

– जीवन बीमा क्षेत्रतर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड

– निर्जीवन बीमा क्षेत्रतर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

– लघुवित्त क्षेत्रतर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

– विशेष सम्मानतर्फ: भाटभटेनी सुपर मार्केट

– ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

– ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये: फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

प्रतिक्रिया दिनुहोस
वरिष्ठ नेताको हैसियतामा पूर्णबहादुर र शेखरलाई सानेपामा छुट्टै कार्यकक्ष

    नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा....

मंसिरका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    मंसिर महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

दुई देशका विपद् व्यवस्थापनसम्बन्धी केन्द्रीय निकायका प्रमुखहरुबीच टर्किमा भेटवार्ता

  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती...

ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै

  ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण...