ग्लोबल आइएमई बैंकको १२ तले कर्पोरेट भवन बन्दै



हाम्रो इकोनोमि

 

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको औपचारिक सुरुवात गर्दै शुक्रबार बैंकले निर्माणस्थलमा जग पूजा (भूमिपूजन) सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले संयुक्त रूपमा विधिपूर्वक जग पूजा गर्दै भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने उक्त भवनमा दुईवटा बेसमेन्टसहित कुल १२ तला रहनेछन् । भवनको संरचनामा सवारीसाधन पार्किङका लागि दुई तला भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र नौवटा माथिल्ला तला रहने बैंकले जनाएको छ । आधुनिक वास्तुकला, वातावरणमैत्री पूर्वाधार र प्रविधिमा आधारित सुविधासहित निर्माण गर्न लागिएको भवनलाई बैंकले आफ्नो कर्पोरेट कार्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

भूमिपूजनपछि बोल्दै अध्यक्ष ढकालले प्रस्तावित भवन वाणिज्य बैंकहरूको कर्पोरेट कार्यालयमध्ये आधुनिक र अग्ला संरचनामध्ये एक हुने बताए । उनका अनुसार नयाँ भवन आधुनिक सुविधासम्पन्न हुनुका साथै काठमाडौं उपत्यकाको पहिचान झल्काउने व्यावसायिक संरचनाका रूपमा विकास गरिनेछ । भवन निर्माणपछि बैंकका सेवाग्राहीले थप सहज, प्रविधिमैत्री र प्रभावकारी सेवा पाउने उनको भनाइ छ ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारी दुवैको आवश्यकतालाई ध्यानमा राखेर भवनको डिजाइन तथा संरचना तयार गरिएको बताए । उनका अनुसार पार्किङ व्यवस्थादेखि भवनको आन्तरिक संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिइएको छ ।

भवनलाई ऊर्जा दक्ष बनाउने उद्देश्यले सौर्य ऊर्जा प्रणाली जडान गरिने बैंकले जनाएको छ । त्यस्तै, आकाशे पानी सङ्कलन तथा प्रशोधन गर्ने प्रणालीसमेत निर्माण गरिनेछ । यी व्यवस्थाले विद्युत् खपत घटाउनुका साथै पानीको स्रोतको सदुपयोग र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ । भूमिपूजन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन तहका अधिकारी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
कोप–३१ मा महासचिव गुटेरेसको भावुक बिदाइ सम्बोधन

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु संकटसँग जुध्ने कार्यलाई विश्वव्यापी शान्ति, गरिबी...

कोप–३१ विरुद्ध जलवायु न्यायकालागि सडकमा उत्रिए हजारौँको प्रदर्शनकारी

    संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ को मध्यबिन्दुमा पुगेसँगै टर्कीको अन्ताल्यामा हजारौँ...

स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारीमा एमाले

    नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना...

कात्तिक ३० गते सोमबारपनि सार्वजनिक बिदा

    सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको...