ट्रम्पद्वारा दुई साताको युद्धविराम घोषणा



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित बढ्दो तनावकाबीच दुई साताको युद्धविराम घोषणा गरेका छन्। इरानले होर्मुज जलघाँटी पुनः खोल्न सहमति जनाएपछि ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।

ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीपछि यो निर्णय लिएको बताएका छन् । उनका अनुसार उनीहरूले इरानमाथि हुने विनाशकारी आक्रमण रोक्न अनुरोध गरेका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्— पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल आसिम मुनिरसँगको कुराकानीका आधारमा, जसमा उनीहरूले आज राति इरानतर्फ पठाइँदै गरेको विनाशकारी शक्ति रोक्न आग्रह गरेका थिए, र इरानले होर्मुज जलघाँटी पूर्ण, तुरुन्त र सुरक्षित रूपमा खोल्ने सर्तमा, म इरानमाथि हुने बमबारी र आक्रमण दुई साताका लागि स्थगित गर्न सहमत भएको छु ।

यो सन्देश अमेरिकी पूर्वी समयअनुसार साँझ ६ बजेर ३२ मिनेटमा सार्वजनिक गरिएको थियो, जुन राति ८ बजेको निर्धारित आक्रमण समयभन्दा करिब डेढ घण्टा अगाडि हो ।

ट्रम्पको सन्देशपछि केही समयमै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले प्रारम्भिक सहमति भएको पुष्टि गरेका छन्। उनले भनेका छन्— “यदि इरानमाथिका आक्रमणहरू रोकिए भने, हाम्रो शक्तिशाली सशस्त्र बलहरूले आफ्ना प्रतिरक्षात्मक कारबाहीहरू रोक्नेछन् ।

उनका अनुसार दुई साताको अवधिमा इरानका सशस्त्र बलसँग समन्वय गरेर, प्राविधिक सीमाहरूलाई ध्यानमा राख्दै, होर्मुज जलमार्ग हुँदै सुरक्षित आवतजावत सम्भव हुनेछ ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...

इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...