एल. जी नेपालको नयाँ वर्षको विशेष योजना



हाम्रो इकोनोमि

 

 

नेपालमा ४० वर्षसम्म उपभोक्ताको विश्वास जित्दै आएको विश्वसनीय ब्रान्ड एल. जी नेपाल ले आफ्नो सफल यात्राको उपलक्ष्यमा नयाँ वर्षको अवसर पारेर विशेष योजना सार्वजनिक गरेको छ। “४० वर्षदेखि घरघरमा LG” भन्ने नारासहित सुरु गरिएको यस योजनामा उपभोक्ताहरूले ४०% सम्मको क्यासब्याक, पक्का उपहार र निःशुल्क डेलिभरी जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् । एल. जी नेपाल का उच्चस्तरीय तथा स्मार्ट उत्पादनहरू — टिभी, फ्रिज, वाशिङ मेसिन, एसी, भ्याकुम क्लिनर लगायतका उपकरणहरूमा यो योजना लागु हुनेछ । यस विशेष योजनाअन्तर्गत उपभोक्ताहरूले पाउन सक्ने सुविधाहरुः:

• ४०% सम्मको क्यासब्याक
• प्रत्येक खरिदमा पक्का उपहार
• On the Spot EMI र Exchange को सुविधा

LG ThinQ टेक्नोलोजीद्वारा संचालित स्मार्ट उपकरणहरू मार्फत एल. जी नेपाल ले नेपाली उपभोक्ताको
जीवनशैलीलाई अझ सहज र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ । सि. जी इलेक्ट्रोनिक्स का मार्केटिङ् तथा कम्युकेसन हेड गौरव हमालले भन्नुभयो: ४ दशकसम्म हामीमाथि भरोसा गर्नु हुने सम्पूर्ण नेपाली परिवारप्रति हाम्रो कृतज्ञता प्रकट गर्न नयाँ वर्षको अवसर पारेर यस योजना ल्याइएको हो। हामी भविष्यमा पनि नवीन प्रविधि र भरपर्दो सेवामार्फत तपाईंहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने छौं ।
यो योजना एल. जी शोरूम, अधिकारिक डिलर र सि. जी डिजिटल का सम्पूर्ण शाखाहरूमा लागु हुनेछ ।

यो योजना चैत्र २१ गतेदेखि सीमित अवधिको लागि नेपाल अधिराज्यभरी लागु हुनेछ । चौधरी ग्रुप अन्तर्गत सि. जी इलेक्ट्रोनिक्स ले एलजी का उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ । एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो । यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन, र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि
प्रदान गर्छ।एलजी गुणस्तर, ऊर्जा दक्षता, र नवीन प्रविधिका लागि परिचित छ ।

प्रतिक्रिया दिनुहोस
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

बागबजार र ववरमहलमा बक्स कल्भर्ट निर्माण हुने

    काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा...