प्रेम आले, किसान श्रेष्ठ नेकपा एस फुटाउने अन्तिम तयारीमा



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र विवाद झन् चर्किएको छ । असन्तुष्ट नेताहरूले केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न माग गरेका छन् भने महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । प्रतिनिधिसभामा १० सांसद रहेको एकीकृत समाजवादीमा केही सांसद पार्टी विभाजनको तयारीमा रहेको नेताहरूको दाबी छ जसमा पार्टी पदाधिकारी र पोलिटब्युरो सदस्यमा निर्वाचित हुन नसकेका केही नेतासमेत रहेको बताइएको छ । सांसद प्रेम आले, किसान श्रेष्ठसहितका सांसदहरूले त्यसको नेतृत्व गरिरहेका छन् । आफ्नो पक्षमा सांसद सङ्ख्या जुटाउने प्रयास गरिरहेका उनीहरूको पक्षमा ५ सांसद रहेको बताइएको छ । तर राजनीतिक दलसम्बन्धी ऐन निष्क्रिय अवस्थामा छ ।  त्यसका लागि सरकारले अध्यादेश ल्याउने अपेक्षामा असन्तुष्ट पक्ष छ । तत्कालीन नेकपा हुँदा नै कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर विभाजनको बीउ रोप्ने दैलेखका सांसद अम्मरबहादुर बुढादेखि अध्यक्ष नेपाललाई दरिलो साथ दिएकी रामकुमारी झाँक्रीसम्म असन्तुष्ट छन् । थुप्रै नेता अहिले निष्क्रियजस्तै छन् । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश जारी गर्न तयार रहेको नेताहरूले दाबी गरेका छन् । उनीहरूको प्रयास र दाबीलाई आधार मान्ने हो भने अध्यादेशबाट जन्मिएको यो दल पुनः अध्यादेशकै कारण विभाजन नहोला भन्न सकिन्न ।  पहिलो महाधिवेशनपछि पदाधिकारी चयनको विषयलाई लिएर सुरु भएको असन्तुष्टि झन् गहिरिएको हो । नेकपा एकीकृत  समाजवादीका नेताहरू विजय पौडेल, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महत र सागर नेपाल लगायत सयभन्दा बढी नेताहरूले सोमबार अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाएका छन्  जसमा पार्टीभित्रको समस्या समाधानका लागि तत्काल केन्द्रीय समिति बैठक बोलाउन तथा पदाधिकारी र पोलिटब्युरो कमिटी खारेज गर्न माग गरिएको छ । असन्तुष्ट नेताहरूले पटकपटक विभिन्न नेता तथा कार्यकर्ताहरूसँग छलफलपछि पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका हुन् । पार्टीमै रहेर संघर्ष गर्ने, पार्टी विभाजन गर्ने तथा पार्टीबाट राजीनामा दिनेसहितको विकल्पमा असन्तुष्ट नेताहरूले छलफल गरिरहेका छन् ।  तत्काललाई भने दबाबस्वरुप केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्नुपर्ने उनीहरूको माग छ । तर संस्थापन पक्षका नेताहरू भने महाधिवेशनमा पराजित भएकाहरूको कुण्ठामात्रै भएका कारण त्यसको कुनै अर्थ नरहेको बताइरहेका छन् । पार्टी गठनपछि भएको पहिलो महाधिवेशन भएपनि दशौं भनेर प्रचारित महाधिवेशनबाट भएको पदाधिकारी र पोलिटब्युरोको चयनका साथै त्यसयता भएका विभिन्न घटनाक्रमले पार्टी विभाजनसम्मको जोखिम बढेको नेताहरूको भनाइ छ । नेकपा एमालेबाट विद्रोह गर्दा माधव नेपाललाई दरिलो साथ दिएका नेताहरू नै पार्टी विभाजनको विकल्पमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...