आन्दोलन गर्ने नेकपा एसको घोषणा



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पत्रकार सम्मेलन गरेर महासचिव घनश्याम भुसालले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । रोजगारी र सुशासनका लागि आन्दोलन भनेको नेकपा एसले देशको समस्या समाधान गर्नको लागि पार्टीले आन्दोलन शुरु गरेको बताए । उनले भने, ‘यो आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड-घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन होस बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी होर राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरुका बीच सहकार्य र एकताको अभियान हो  ।

 

आन्दोलनको पहिलो चरण

चैत्र १ गते पत्रकार सम्मेलन,

चैत्र २–६ सम्म मातहत कमिटीहरुमा छलफल,

चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग सम्वाद तथा सुझाव संकलन,

चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने,

चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,

वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गर्ने,

वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव संकलन,

वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरुमा ज्ञापन पत्र पेश गर्ने,

वैशाख २५ गते दोश्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...