युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिका छाड्न आदेश



 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका समकक्षी भाेलाेदिमिर जेलेन्स्कीबीचको वार्ता असफल भएको छ । युक्रेनको बहमूल्य खनिज पदार्थबारे द्वपक्षीय वार्ता हुने बताइए पनि ह्वाइट हाउसमा भएको उनीहरुबीचको वार्ता चर्काचर्कीमा परिणत भएपछि उनलाई अमेरिका छाेड्न आदेश दिइएकाे बीबीसीले उल्लेख गरेकाे छ । उनीहरुबीच पत्रकार सम्मेलनका क्रममा भएकाे भनाभनको भिडियाे सार्वजनिक भएकाे छ । जहाँ ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध गराउन लागेको आरोप लगाएका छन् ।

ट्रम्पले आफू युक्रेनलाई सघाउन नसक्ने र युद्धबाट पछि हटे मात्र खनिजको सम्झौता हुने बताए । जेलेन्स्की अमेरिकाले गरेको सहयोगप्रति आभारीसमेत नभएको ट्रम्पकाे दाबी छ । भेटमा ट्रम्पले यदि अमेरिकाले सैन्य सहयोग नगरेको भए जेलेन्स्की दुई हप्तामा पराजित हुने पनि बताए । भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले युक्रेनकाे समस्या समाधानमा कूटनीतिक तवरले अमेरिका अघि बढ्न चाहेकाे र यसकाे सुरुवात याे वार्ता भएकाे बताएका थिए ।

भेटपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेलेन्स्कीले शान्ति नचाहेको उल्लेख गरेका छन् । र उनले शान्तिको आवश्यकता परे अमेरिकालाई सम्झिन सक्ने पनि बाटो खुल्ला रहेकाे उल्लेख गरेका छन् । युक्रेन मुद्दालाई युक्रेनको र यूरोपको हातमाथि पारेर समाधान गर्न फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री केइर स्टार्मर पछि जेलेन्स्की वासिङटन पुगेका थिए । तर, उनीसग भनाभन भएपछि परिस्थिति फरक बनेको हो ।

बाइडेन सत्तामा भएको बेला अमेरिका र रुसको उच्चस्तरिय कुराकानी बन्द भएको थियो । तर ट्रम्प रास्ट्रपति भएपछि पुटिनसग ९० मिनेट फोन कुराकानी भएको थियो भने साउदी अरब र टर्कीमा दुई देशका उच्चस्तरिय वार्ता भएको थियो । यहि कारण जेलेन्स्की र यूरोपेली नेताहरु आफूलाई नराखि यूक्रेनी मुद्दामा पुटिनसग कुरा गरेको भन्दै बिच्किएका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

    सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । असार

रवीन्द्र र धवललाई पुन: पक्राउ गर्ने तयारी

          हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का

अखिलमा डाक्टर-इन्जिनियरदेखि वकिलसम्म

    राजनीतिमा युवा पुस्ता त्यसमा पनि राम्रो विधामा पढेकाहरुको आकर्षण घटिरहेका बेला

गीताप्रेस नेपाल स्थापनाको १० वर्षमा प्रवेश

    गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र