पार्टी कमिटीमा व्यापक शुद्धीकरण गर्ने एमाले जरा अभियानको लक्ष्य



 

 

नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियानमा सङ्गठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

जारी तीन महिने वडा केन्द्रित अभियानमा चैत महिनाभित्र १० काम सम्पन्न गरिछाड्ने सङ्कल्प गरेको सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले बताए । एमालेले अभियानका क्रममा प्रायोजित मिथ्या–प्रचारको (साइबर हमलाको) प्रतिवाद गर्ने र भ्रम पार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने लक्ष्य लिएको उनले बताए ।

 

अधिकारीका अनुसार एमालेले चैत महिनाभित्र गर्ने १० सङ्कल्प

१) पार्टी सदस्यतासम्बन्धी काम सुव्यवस्थित गर्ने (नवीकरण, विस्तार, अनलाइन अभिलेखीकरण, प्रशिक्षण र परिचालन)

२) कम्तीमा वडा तहसम्म कमिटीका अधिवेशनहरू सम्पन्न गरिसक्ने । सबै टोलमा पार्टी कमिटीहरू बनाउने र सुचारु गर्ने ।

३) सङ्गठनात्मक अराजकता र अवसरवादलाई पराजित गर्न कमिटी जीवनमा व्यापक शुद्धीकरण गर्ने ।

४) प्रायोजित मिथ्या-प्रचारको (साइबर हमलाको) प्रतिवाद गर्ने । भ्रमपार्नै नदिने गरी टोल तहसम्म प्रशिक्षण चलाउने ।

५) कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घर-घर पुर्‍याउने र जनतामा आशा जगाउने ।

६) जनताका माग-मुद्दा तथा समस्यामा अग्रसरता लिने र आर्थिक-सामाजिक तथा सांस्कृतिक रूपान्तरणलाई तीव्रता दिने ।

७) युवामा पहुँच बढाउन, युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्ने

८) अबको पार्टी काममा डिजिटल माध्यम अपनाउन वडा तहसम्मका पार्टी कमिटीलाई सचेत पार्ने ।

९) जनतासँग जनसंगठन अभियान चलाउने (वडासम्म जनसंगठनका कमिटी निर्माण, सदस्यता विस्तार, प्रशिक्षण, सम्बन्धित समुदायका समस्या समाधानमा अग्रसरता)

१०) वडा तहसम्म पार्टी कार्यालयहरू सुव्यवस्थित गर्ने ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको